Usnepalkhabar — Latest Nepali News

Latest Headlines

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
Nepal

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

रास्वपाले सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका आरोपको छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ। छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको छ।

कांग्रेस सभापतिमा गगन थापा ६,२०९ मतान्तरले विजयी, विश्वप्रकाश र पुष्पा निर्विरोध
Nepal

कांग्रेस सभापतिमा गगन थापा ६,२०९ मतान्तरले विजयी, विश्वप्रकाश र पुष्पा निर्विरोध

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। थापाले ६,५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन्। अन्य प्रतिस्पर्धात्मक पदको अन्तिम परिणाम भने आउन बाँकी छ।

भोटेकोशी–त्रिशूली बाढीपछि खोज तथा उद्धार चरण अन्त्य, अब पुनर्निर्माणमा सरकारको ध्यान
Nepal

भोटेकोशी–त्रिशूली बाढीपछि खोज तथा उद्धार चरण अन्त्य, अब पुनर्निर्माणमा सरकारको ध्यान

अगस्ट २६ को विनाशकारी भोटेकोशी–त्रिशूली बाढीपछि नेपाल सरकारले नियमित खोज तथा उद्धार अभियान अन्त्य गर्दै अब पुनर्निर्माण र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरेको छ। बाढीमा कम्तीमा १,४५५ जनाको मृत्यु पुष्टि भएको छ भने ५,२८५ जना अझै बेपत्ता छन्।

चोलेन्द्रको मोबाइलदेखि दीपक भट्टसम्म : के हो चर्चामा आएको ‘कनेक्सन’?
Nepal

चोलेन्द्रको मोबाइलदेखि दीपक भट्टसम्म : के हो चर्चामा आएको ‘कनेक्सन’?

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनापछि उनको मोबाइल फोन, व्यवसायी दीपक भट्टसँगको कथित सम्पर्क र अदालतमा विचाराधीन मुद्दालाई लिएर नयाँ बहस सुरु भएको छ। नेपाल लिडको ‘Lead Explainer’ सामग्रीमा जबरालाई नियन्त्रणमा लिनुको एउटा प्रमुख उद्देश्य उनको मोबाइलमा रहेका ह्वाट्सएप सन्देश तथा सम्पर्क विवरणको अध्ययन गर्नु रहेको दाबी गरिएको छ।

चुनावअघि गठबन्धन नगर्ने कांग्रेसको प्रस्ताव, आफ्नै ‘रुख’ चिह्नमा एक्लै लड्ने संकल्प
Nepal

चुनावअघि गठबन्धन नगर्ने कांग्रेसको प्रस्ताव, आफ्नै ‘रुख’ चिह्नमा एक्लै लड्ने संकल्प

नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावपूर्व गठबन्धन नगरी आफ्नै ‘रुख’ चिह्न, उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रस्ताव अघि सारेको छ। पार्टीले उम्मेदवार छनोट, राजनीतिक वित्तीय पारदर्शिता र प्रभावकारी विपक्षी भूमिकामा समेत व्यापक सुधार प्रस्ताव गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले अमेरिकामा : ट्रेजरीदेखि विश्व बैंकसम्म उच्चस्तरीय भेट, पुनर्निर्माण र लगानी मुख्य एजेन्डा
Nepal

अर्थमन्त्री स्वर्णिम वाग्ले अमेरिकामा : ट्रेजरीदेखि विश्व बैंकसम्म उच्चस्तरीय भेट, पुनर्निर्माण र लगानी मुख्य एजेन्डा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाशिङटन डीसी पुगेका छन्। उनको अमेरिका भ्रमणमा अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्ट, विश्व बैंक समूहका अध्यक्ष अजय बंगा, अमेरिकी विकास वित्त संस्था DFC का अधिकारी तथा निजी क्षेत्रका लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोटेकोशी क्षेत्रको बाढीपछिको पुनर्निर्माण, FATF को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्ने प्रयास, आर्थिक सुधार र पूर्वाधारमा लगानी भ्रमणका मुख्य विषय हुन्।

अमेरिकी सुप्रिम कोर्टको नयाँ सत्र सुरु, आप्रवासनदेखि बन्दुक अधिकारसम्म ठूला मुद्दा
America

अमेरिकी सुप्रिम कोर्टको नयाँ सत्र सुरु, आप्रवासनदेखि बन्दुक अधिकारसम्म ठूला मुद्दा

अमेरिकी सुप्रिम कोर्टको 2026–27 को नयाँ कार्यकाल सोमबारदेखि सुरु भएको छ। आप्रवासीलाई तेस्रो मुलुकमा पठाउने नीति, बन्ड सुनुवाइबिनाको हिरासत, AR-15 जस्ता सेमिअटोमेटिक हतियारमाथिको प्रतिबन्ध, मतदान अधिकार, धार्मिक स्वतन्त्रता र जलवायु परिवर्तनसम्बन्धी मुद्दाले यस सत्रलाई विशेष महत्वपूर्ण बनाउने देखिएको छ।

आज डलासमा ‘Kuma Sagar Live in Dallas’, द ख्वपासहित कुमा सागरको प्रस्तुति
America

आज डलासमा ‘Kuma Sagar Live in Dallas’, द ख्वपासहित कुमा सागरको प्रस्तुति

अमेरिका टुरमा रहेका चर्चित गायक कुमा सागर र The Khwopa आज डलासमा लाइभ प्रस्तुति दिँदैछन्। FEM Nepal र MD Productions ले आयोजना गरेको कार्यक्रम Arlingtonस्थित Texas Live! मा हुँदैछ।

टेक्ससदेखि ओक्लाहोमासम्म ट्रम्पको चुनावी दौड, अर्थतन्त्रदेखि $5,000 चेकसम्मका घोषणा
America

टेक्ससदेखि ओक्लाहोमासम्म ट्रम्पको चुनावी दौड, अर्थतन्त्रदेखि $5,000 चेकसम्मका घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टेक्ससको Denton स्थित Peterbilt Motors बाट 32 दिने midterm campaign blitz सुरु गर्दै अमेरिकी उत्पादन, tariff र रोजगारीबारे आफ्नो आर्थिक नीतिको बचाउ गरे। त्यसपछि Oklahoma को Durant पुगेका ट्रम्पले Republican उम्मेदवारहरूको समर्थन गर्दै Republicans ले House र Senate दुवै जिते प्रत्येक वयस्क अमेरिकी नागरिकलाई $5,000 दिने आफ्नो प्रस्ताव दोहोर्‍याए।

नेपालको बाढी पुनर्लाभका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने
America

नेपालको बाढी पुनर्लाभका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने

नेपालको बाढीपछिको पुनर्लाभका लागि अमेरिकाले थप ३ करोड १० लाख डलर सहयोग गर्ने योजना घोषणा गरेको छ। यसमा पुलका लागि $10 million, मानवीय तथा पुनर्लाभ सहयोगका लागि $8 million र भविष्यको विपद् व्यवस्थापनका लागि अमेरिकी निर्मित ड्रोनमा $13 million समावेश छन्। कुल अमेरिकी सहयोग $36 million भन्दा बढी पुग्नेछ।

पेन्सिलभेनियामा बाल यौन दुर्व्यवहारको आरोपमा ५० वर्षीय देव पौडेल पक्राउ
America

पेन्सिलभेनियामा बाल यौन दुर्व्यवहारको आरोपमा ५० वर्षीय देव पौडेल पक्राउ

अमेरिकाको पेन्सिलभेनियामा १३ वर्षमुनिका बालकमाथि वर्षौंदेखि यौन दुर्व्यवहार गरेको आरोपमा ५० वर्षीय देव पौडेल पक्राउ परेका छन्। उनीमाथि बाल बलात्कार तथा यौन दुर्व्यवहारसम्बन्धी विभिन्न आरोप लगाइएको प्रहरीले जनाएको छ।

चौथो Lone Star Cup 2026 सम्पन्न, Luxor Diamonds International को $2,000 सहयोगसहित नेपालका बाढीपीडितका लागि कुल $3,100 सहयोग
America

चौथो Lone Star Cup 2026 सम्पन्न, Luxor Diamonds International को $2,000 सहयोगसहित नेपालका बाढीपीडितका लागि कुल $3,100 सहयोग

डलास–फोर्टवर्थ क्षेत्रमा Euless Royal FC को आयोजनामा सम्पन्न चौथो Lone Star Cup 2026 मा Open Category तर्फ Mango FC र 35+ तर्फ DFW Himalayas च्याम्पियन बने। प्रतियोगितामा कुल $14,000 पुरस्कार वितरण गरिएको थियो भने प्रत्येक गोलबापतको सहयोग र Luxor Diamonds International को योगदानसहित नेपालका विपद् पीडितका लागि कुल $3,100 सहयोग गरिएको छ।

रुसमा ‘प्लेग’ आशंका बढेपछि अमेरिकाको चासो, सहयोग गर्न तयार रहेको ट्रम्पको भनाइ
World

रुसमा ‘प्लेग’ आशंका बढेपछि अमेरिकाको चासो, सहयोग गर्न तयार रहेको ट्रम्पको भनाइ

रुसको साइबेरियास्थित प्लेग अनुसन्धान संस्थामा कार्यरत एक कर्मचारीको रहस्यमय निमोनियाबाट मृत्यु भएपछि करिब २०० जनालाई स्वास्थ्य निगरानीमा राखिएको छ। यद्यपि अहिलेसम्म उनको मृत्यु pneumonic plague बाटै भएको औपचारिक पुष्टि भएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे रुसलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।

“अरूलाई मर्न दिन सक्दिनथेँ” — फ्लाईदुबईका घाइते क्याप्टेनले सुनाए ककपिटभित्रको डरलाग्दो संघर्ष
World

“अरूलाई मर्न दिन सक्दिनथेँ” — फ्लाईदुबईका घाइते क्याप्टेनले सुनाए ककपिटभित्रको डरलाग्दो संघर्ष

दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको उडान FZ1073 मा सह–पाइलटले क्याप्टेन स्मित मच्छरमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो। गम्भीर घाइते भएर ककपिटको भुइँमा लडेका मच्छरले अन्तिम प्रयास गर्दै ढोका खोल्न सफल भएपछि यात्रु र चालकदलले हस्तक्षेप गर्न सके र विमानलाई साउदी अरेबियाको ताबुकमा सुरक्षित अवतरण गराइयो।

Flydubai विमानभित्रै पाइलटमाथि हमला: १७४ यात्रु बोकेको जहाज ठूलो दुर्घटनाबाट कसरी जोगियो?
World

Flydubai विमानभित्रै पाइलटमाथि हमला: १७४ यात्रु बोकेको जहाज ठूलो दुर्घटनाबाट कसरी जोगियो?

दुबईबाट तेल अभिभतर्फ गइरहेको Flydubai Flight FZ1073 मा co-pilot ले captain माथि आक्रमण गरेपछि विमान अचानक हजारौँ फिट तल झरेको थियो। घाइते captain, यात्रु र अतिरिक्त चालकदलको हस्तक्षेपपछि विमानलाई नियन्त्रणमा लिएर साउदी अरेबियाको Tabuk मा सुरक्षित अवतरण गराइएको थियो। घटनाको वास्तविक उद्देश्यबारे बहुराष्ट्रिय अनुसन्धान जारी छ।

युद्ध अन्त्यका लागि अमेरिका–इरान वार्ता प्रयास जारी, इरानी मुद्रा इतिहासकै कमजोर स्तरमा
World

युद्ध अन्त्यका लागि अमेरिका–इरान वार्ता प्रयास जारी, इरानी मुद्रा इतिहासकै कमजोर स्तरमा

सात महिनादेखि जारी अमेरिका–इरान युद्ध अन्त्य गर्ने प्रयासस्वरूप दुवै पक्षले मध्यस्थकर्तासँग छुट्टाछुट्टै वार्ता गरेका छन्। यहीबीच युद्ध, प्रतिबन्ध तथा तेल व्यापारमा आएको अवरोधले इरानको अर्थतन्त्रमा गहिरो दबाब पारेको छ र एक अमेरिकी डलरको मूल्य २५ लाखभन्दा बढी इरानी रियाल पुगेको छ।

संयुक्त राष्ट्रसंघमा बालेनको सन्देश: ‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी हो’
World

संयुक्त राष्ट्रसंघमा बालेनको सन्देश: ‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी हो’

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीको विनाशकारी बाढीलाई नेपालमा सीमित विपत्ति नभई विश्वव्यापी जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। उनले हिमाली मुलुकहरूले भोगिरहेको जलवायु जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै पुनःस्थापना, विपद् जोखिम न्यूनीकरण र जलवायु सहकार्यका लागि अन्तर्राष्ट्रिय समर्थनको आह्वान गरे।

UN महासभामा मध्यपूर्वको तनाव: इरानी राष्ट्रपतिको कडा सन्देश, अमेरिकी प्रतिनिधि बाहिरिए; नेतन्याहुको सम्बोधनअघि विरोधको तयारी
World

UN महासभामा मध्यपूर्वको तनाव: इरानी राष्ट्रपतिको कडा सन्देश, अमेरिकी प्रतिनिधि बाहिरिए; नेतन्याहुको सम्बोधनअघि विरोधको तयारी

इरानी राष्ट्रपति मसुद पेजेशकियनले संयुक्त राष्ट्र महासभाबाट अमेरिका र इजरायलको कडा आलोचना गर्दै इरान दबाबमा नझुक्ने बताएका छन्। उनको सम्बोधन सुरु हुँदा अमेरिकी प्रतिनिधि हलबाट बाहिरिएको रिपोर्ट आएको छ। उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आजको सम्बोधनअघि न्यूयोर्कमा विरोध प्रदर्शनको तयारी भइरहेको छ। सामाजिक सञ्जालमा फैलिएको नेतन्याहुको भाषणका बेला प्रतिनिधिहरू बाहिरिएको भिडियो भने सन् 2025 को पुरानो दृश्य हो।

Community

View all →
स्ट्रोकबाट प्रभावित राकेश गोइतलाई नेपाल फर्काउन सहयोगको अपिल, डिस्चार्जपछि हेरचाह गर्ने कोही नभएको अवस्था
Community

स्ट्रोकबाट प्रभावित राकेश गोइतलाई नेपाल फर्काउन सहयोगको अपिल, डिस्चार्जपछि हेरचाह गर्ने कोही नभएको अवस्था

मस्तिष्कमा रक्तस्रावसहितको स्ट्रोकबाट प्रभावित ३९ वर्षीय राकेश गोइत हाल अस्पतालमा उपचाररत छन्। स्वास्थ्य अवस्था केही स्थिर बन्दै गए पनि अस्पतालबाट डिस्चार्ज भएपछि हेरचाह गर्ने कोही नभएकाले उनलाई जतिसक्दो छिटो नेपाल फर्काउने तयारी भइरहेको छ। उपचार, पुनर्स्थापना र नेपाल फर्काउने खर्च जुटाउन आर्थिक सहयोगको अपिल गरिएको छ।

डलासमा भव्य ‘Teej Fest Dallas 2026’ हुँदै, सिन्धु मल्ल र आशिष अविरलको विशेष प्रस्तुति
BreakingCommunity

डलासमा भव्य ‘Teej Fest Dallas 2026’ हुँदै, सिन्धु मल्ल र आशिष अविरलको विशेष प्रस्तुति

नेपालीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आगामी सेप्टेम्बर १२ मा टेक्सासको अर्भिङस्थित नमस्ते ग्रिल एन्ड स्पोर्ट्स बारमा ‘तीज फेस्ट डलास २०२६’ आयोजना हुँदैछ। नमस्ते इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने कार्यक्रममा लोकप्रिय गायिका सिन्धु मल्ल र गायक आशिष अविरलको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने डिजे राजले आफ्टर पार्टीमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

Business

View all →
 टेक्ससको Irving मा ‘Namaste Studio’ सञ्चालनमा, स्थानीय प्रतिभालाई अवसर दिने लक्ष्य
Business

टेक्ससको Irving मा ‘Namaste Studio’ सञ्चालनमा, स्थानीय प्रतिभालाई अवसर दिने लक्ष्य

नमस्ते ग्रुपद्वारा नयाँ व्यावसायिक रेकर्डिङ स्टुडियो सञ्चालन; रेकर्डिङ, मिक्सिङ, मास्टरिङ र म्युजिक प्रोडक्सनसँगै स्थानीय कलाकारको प्रतिभा प्रवर्द्धनमा जोड

SpaceX IPO पछि ‘On Paper’ विश्वकै पहिलो Trillionaire बने एलन मस्क, अब सर्वसाधारणले पनि किन्न सक्ने भए SpaceX का शेयर
BreakingBusiness

SpaceX IPO पछि ‘On Paper’ विश्वकै पहिलो Trillionaire बने एलन मस्क, अब सर्वसाधारणले पनि किन्न सक्ने भए SpaceX का शेयर

SpaceX को ऐतिहासिक IPO पछि एलन मस्कको कुल सम्पत्तिको मूल्यांकन $1.1 ट्रिलियनभन्दा माथि पुगेको छ, जसका कारण उनी इतिहासकै पहिलो “On Paper Trillionaire” बनेका छन्। यो सम्पत्ति मुख्य रूपमा SpaceX र Tesla का शेयरहरूको बजार मूल्यमा आधारित हो। IPO पछि अब सर्वसाधारण लगानीकर्ताले पनि SpaceX का शेयर किन्न र बेच्न सक्ने भएका छन्, जसले विश्व वित्तीय बजारमा नयाँ इतिहास रचेको छ।

ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित, शीर्ष चारको दौडबाट भने बाहिर
Sports

ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित, शीर्ष चारको दौडबाट भने बाहिर

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चारमा पुग्ने सम्भावना गुमाइसकेको नेपाल अब शीर्ष छभित्र रहेर एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता जोगाउने संघर्षमा छ। ओमानमा जारी अन्तिम त्रिदेशीय शृंखलामा लगातार दुई जित निकालेपछि नेपालको अवस्थामा सुधार आएको छ। यद्यपि ODI मान्यता सुरक्षित भएको निष्कर्षमा पुग्न अझै बाँकी खेलका नतिजा कुर्नुपर्नेछ।

 १५औँ गुर्खाज कपमा डालास गुर्खाज र डिएफडब्लू हिमालयज च्याम्पियन
Sports

१५औँ गुर्खाज कपमा डालास गुर्खाज र डिएफडब्लू हिमालयज च्याम्पियन

टेक्ससको ग्रेपभाइनमा सम्पन्न प्रतियोगितामा २९ टोली सहभागी भएका थिए। खुलातर्फ डालास गुर्खाज र ३५ वर्षमाथिको विधामा डिएफडब्लू हिमालयजले उपाधि जित्दा कुल २६ हजार अमेरिकी डलर नगद पुरस्कार वितरण गरिएको छ।

प्रशिक्षकले दुईपटक वचन तोडेपछि पोर्चुगलको टोली छाडेको रोनाल्डोको खुलासा, इन्स्टाग्राममा सार्वजनिक गरे आठ बुँदे समझदारी
Sports

प्रशिक्षकले दुईपटक वचन तोडेपछि पोर्चुगलको टोली छाडेको रोनाल्डोको खुलासा, इन्स्टाग्राममा सार्वजनिक गरे आठ बुँदे समझदारी

नर्वेविरुद्ध ३० मिनेट खेलाउने वाचा पूरा नभएको र पत्रकार सम्मेलनमा भएको समझदारी पालना नगरिएको आरोप; समर्थक र सहकर्मीसँग माफी माग्दै राष्ट्रिय टोलीमा फर्किने इच्छा व्यक्त।

मेसीको अन्तिम खेलमा यादगार विदाइ : २ असिस्ट र १ गोलसँगै अर्जेन्टिनाको ३–० जित
Sports

मेसीको अन्तिम खेलमा यादगार विदाइ : २ असिस्ट र १ गोलसँगै अर्जेन्टिनाको ३–० जित

अर्जेन्टिनाका महान कप्तान लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेललाई अविस्मरणीय बनाएका छन्। बेनिनविरुद्ध ब्युनस आयर्सको मोनुमेन्टाल स्टेडियममा भएको बिदाइ खेलमा मेसीले दुई गोलका लागि असिस्ट गर्नुका साथै आफैंले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए।

ओमानमा नेपालको निर्णायक परीक्षा: ODI मान्यता जोगाउन जित अनिवार्य
Sports

ओमानमा नेपालको निर्णायक परीक्षा: ODI मान्यता जोगाउन जित अनिवार्य

नेपाली राष्ट्रिय क्रिकेट टोली अब आईसीसी क्रिकेट विश्वकप लिग–२ को अत्यन्त महत्वपूर्ण चरणमा प्रवेश गर्दैछ। ओमानमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक ओमान र क्यानडासँग चार एकदिवसीय खेल खेल्नेछ। नेपालको तत्काल मुख्य लक्ष्य ODI मान्यता सुरक्षित राख्नु र २०२७ विश्वकप छनोट यात्रालाई जीवित राख्नु हो।

क्रिकेटमा ICC का नयाँ नियम लागू: ब्याटरको समय खेर फाल्नेदेखि डे–टेस्टमा पिंक बलसम्म
Sports

क्रिकेटमा ICC का नयाँ नियम लागू: ब्याटरको समय खेर फाल्नेदेखि डे–टेस्टमा पिंक बलसम्म

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले अक्टोबर १, २०२६ देखि लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेटका Playing Conditions मा महत्वपूर्ण परिवर्तन गरेको छ। ब्याटरले समय खेर फालेमा पाँच रनको सजाय, दिनमै खेलिने टेस्टमा पिंक बलको परीक्षण, अन्तिम ओभरमा विकेट गएपछि पनि बाँकी बल खेलाइने व्यवस्था तथा ODI/T20I मा वाइडसम्बन्धी नयाँ नियम स्थायी बनाइएको छ।