
ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित, शीर्ष चारको दौडबाट भने बाहिर
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चारमा पुग्ने सम्भावना गुमाइसकेको नेपाल अब शीर्ष छभित्र रहेर एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता जोगाउने संघर्षमा छ। ओमानमा जारी अन्तिम त्रिदेशीय शृंखलामा लगातार दुई जित निकालेपछि नेपालको अवस्थामा सुधार आएको छ। यद्यपि ODI मान्यता सुरक्षित भएको निष्कर्षमा पुग्न अझै बाँकी खेलका नतिजा कुर्नुपर्नेछ।









