इरभिङ, टेक्सस — अमेरिकाको टेक्ससस्थित Dallas–Fort Worth क्षेत्रमा विभिन्न व्यवसाय तथा मनोरञ्जनसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको Namaste Group ले नयाँ व्यावसायिक रेकर्डिङ स्टुडियो ‘Namaste Studio’ सञ्चालनमा ल्याएको छ।
Namaste Group अन्तर्गत Namaste Entertainment, Namaste Studio, Namaste Production, Namaste Palace, Namaste grill & bar - Fort Worth तथा Namaste Grill & Sports Bar लगायतका व्यवसाय तथा सेवाहरू सञ्चालन हुँदै आएका छन्। संगीत, मनोरञ्जन, कार्यक्रम र आतिथ्य क्षेत्रलाई एउटै नेटवर्कमा जोड्दै समुदायका कलाकार तथा नयाँ प्रतिभाका लागि थप अवसर सिर्जना गर्ने उद्देश्यले Namaste Studio सुरु गरिएको समूहले जनाएको छ।
इरभिङस्थित 2220 W Walnut Hill Ln मा स्थापना गरिएको Namaste Studio मा व्यावसायिक recording, mixing, mastering तथा music production ,podcast लगायतका सुविधा उपलब्ध छन्। स्टुडियोलाई केवल गीत रेकर्ड गर्ने ठाउँमा सीमित नराखी कलाकार, संगीतकार तथा अन्य सिर्जनशील व्यक्तिहरू जोडिने creative hub का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
आर्थिक अवस्था प्रतिभाको बाधा बन्न नदिने
Namaste Studio को मुख्य उद्देश्यमध्ये एउटा स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धन रहेको सञ्चालक कुमार बुढ़ाथोकीले बताए।
उनका अनुसार DFW क्षेत्रमा नेपाली, भारतीय तथा अन्य दक्षिण एसियाली समुदायभित्र गायन, संगीत, songwriting, वाद्यवादन तथा अन्य सिर्जनात्मक क्षेत्रमा उत्कृष्ट क्षमता भएका धेरै व्यक्ति छन्। तर आर्थिक अवस्था, व्यावसायिक स्रोतको अभाव वा सही प्लेटफर्म नपाएका कारण कतिपय प्रतिभा अगाडि आउन सकेका छैनन्।
“कसैसँग वास्तविक प्रतिभा र क्षमता छ तर आर्थिक अवस्था कमजोर भएकै कारण अगाडि बढ्न सकेको छैन भने हामी सकेसम्म सहयोग गर्न चाहन्छौँ। पैसा नभएकै कारण राम्रो प्रतिभा दबिएर बस्नु हुँदैन। उसको सीपलाई चिनाउने, उत्पादन गर्ने र अगाडि ल्याउने काममा Namaste Group ले सहयोग गर्ने हाम्रो उद्देश्य हो,” बुढ़ाथोकीले बताए।
प्रतिभा र आवश्यकताको आधारमा योग्य स्थानीय कलाकारलाई recording, music production तथा promotion का क्षेत्रमा समेत सहयोग गर्ने योजना रहेको उनले बताए।
रेकर्डिङ स्टुडियोभन्दा ठूलो अवधारणा
Namaste Group ले Namaste Studio लाई आफ्नो entertainment ecosystem को एउटा महत्वपूर्ण हिस्साका रूपमा विकास गर्ने योजना बनाएको छ।
Namaste Entertainment मार्फत कार्यक्रम तथा कलाकार प्रवर्द्धन, Namaste Studio मार्फत recording र music production, तथा समूहसँग आबद्ध venue र hospitality व्यवसायमार्फत performance र community events का अवसर सिर्जना गर्ने अवधारणा रहेको छ।
यसरी कलाकारले आफ्नो गीत वा सिर्जना तयार गर्नेदेखि recording → production → promotion → performance सम्मका विभिन्न चरणमा एउटै network भित्र सहयोग पाउन सक्ने वातावरण निर्माण गर्ने लक्ष्य रहेको समूहले जनाएको छ।
स्थानीय कलाकारका लागि ‘आफ्नै प्लेटफर्म’
Namaste Group का अनुसार यसको दीर्घकालीन लक्ष्य व्यवसाय विस्तारमा मात्र सीमित छैन। विशेषगरी Dallas–Fort Worth का नेपाली, भारतीय र South Asian कलाकार तथा नयाँ पुस्ताका प्रतिभालाई आफ्नै समुदायभित्र अवसर र प्लेटफर्म उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो।
बुढ़ाथोकीले भने, “हाम्रो समुदायमा talent को कमी छैन, अवसर र सही platform को आवश्यकता छ। Namaste Studio त्यही gap कम गर्ने एउटा प्रयास हो।”
Namaste Studio ले आगामी दिनमा स्थानीय कलाकारसँग सहकार्य गर्दै नयाँ गीत तथा संगीत उत्पादन, recording projects र talent promotion लाई थप विस्तार गर्ने योजना बनाएको छ।
Namaste Studio
📍 2220 W Walnut Hill Ln, Irving, TX 75038
📞 (469) 595-2463 (tel:(469)%20595-2463)
🌐 http://NamasteStudioUSA.com
फोटो: Namaste Studio / Namaste Group


