काठमाडौं, सेप्टेम्बर १८, २०२६ — प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले शुक्रबार भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ। सोही दिन प्रधानमन्त्री शाहले Gen Z पुस्ताका सांसदहरूसँग प्रविधि, डिजिटल गभर्नेन्स, रोजगारी, स्टार्टअप, शिक्षा, स्वास्थ्य तथा दिगो विकासलगायत विषयमा छलफल गरेका छन्। सरकारले अमेरिकाका लागि चिरन जंग थापालाई राजदूत सिफारिस गरेको छ। थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिलाका जानकार हुन्। उनले Columbia University बाट International Affairs मा स्नातकोत्तर गरेका छन्। सुरक्षा नीति, संकट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय मामिलामा उनको लामो अनुभव रहेको बताइएको छ। भारतका लागि डा. निश्छलनाथ पाण्डे सिफारिस भएका छन्। उनी वैदेशिक नीति तथा दक्षिण एसियाली मामिला का अध्येता हुन् र Centre for South Asian Studies का निर्देशक समेत हुन्। चीनका लागि डा. कल्याणराज शर्मा सिफारिस भएका छन्। शर्मा अर्थशास्त्री तथा नेपाल–चीन सम्बन्धका जानकार हुन्। बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा सिफारिस भएका छन्। राणा नेपाली सेनाका पूर्व प्रधानसेनापति हुन्। अन्य सिफारिसहरूमा जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार रहेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गर्दैमा उनीहरू तत्काल राजदूत नियुक्त भइसकेका भने होइनन्। प्रस्तावित नामहरू अब संसदीय सुनुवाइ प्रक्रियामा जानेछन्। त्यसपछि सम्बन्धित देशबाट औपचारिक सहमति प्राप्त गर्ने प्रक्रिया हुनेछ। आवश्यकता पूरा भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त गरिनेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सिंहदरबारस्थित कार्यालयमा Gen Z पुस्ताका सांसदहरूसँग विशेष अन्तरक्रिया गरे। छलफलमा नयाँ प्रविधि र डिजिटल गभर्नेन्स, युवाका रोजगारी तथा स्वरोजगारी, स्टार्टअप नीति, प्राविधिक शिक्षाको विस्तार, सर्वसुलभ स्वास्थ्य सेवा, वातावरणीय सन्तुलनसहितको दिगो विकास जस्ता विषय उठाइयो। वातावरणीय सन्तुलनसहितको दिगो विकास जस्ता विषय उठाइयो। युवा पुस्तालाई नीति निर्माण र मुलुकको विकासमा थप सहभागी गराउने विषयमा समेत छलफल भएको बताइएको छ। एकै दिन सरकारले महत्वपूर्ण देशहरूमा राजदूत पठाउने प्रक्रिया अघि बढाउनु र प्रधानमन्त्रीले नयाँ पुस्ताका सांसदहरूसँग रोजगारी, प्रविधि, उद्यमशीलता र सार्वजनिक सेवा सुधारका विषयमा संवाद गर्नु शुक्रबारका प्रमुख राजनीतिक गतिविधिमध्ये परेका छन्।
US Nepal Khabar — सत्य, तथ्य, निष्पक्ष समाचार।




